क्रमनामविवरणभाषास्रोत
1नेपालको उत्पादनयहाँ नेपालबाट निर्यात हुने २८ उत्पादनहरूको सूची, तिनीहरूको उत्पादन विशेषता, उत्पादन प्रक्रिया र सम्भावित बजारका बारे हेर्नुहोस् ।
2व्यावसायीक जडिबुटि तथा सुगन्धित बिरुवाहरुको पहिचान पुस्तिका (२०१७)यस प्रतिवेदनले ६९ वटा औषधीजन्य बिरुवाको प्रकृति, उत्पादन क्षेत्र तथा बिरुवाको विवरण र व्यापारिक क्षेत्र सहित विस्तृत जानकारी प्रदान गर्दछ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारी, उत्पादक, लगानीकर्ता र औषधिजन्य विरुवामा रुचि राख्ने व्यक्तिहरूका लागि सहयोग पुर्याउँछ ।
3नेपाल व्यापार एकीकरण रणनीति २०२३ (२०८०) (नेपालीमा)यस प्रतिवेदनले नेपालका लागि ३२ क्षमतावान् उत्पादन र सेवाहरूको निर्यात सम्भावनालाई पहिचान गरेको छ । दाल, जुट, तरकारी, फलफूल, मसला र कफी कृषि श्रेणीमा पर्छन् । वन क्षेत्रको परिधिमा ह्यान्डमेड लोक्ता पेपर, रोजिन र टर्पेन्टाइन, सुगन्धित तेल र लामो फाइबरको कपडा । गहना, पास्ता, हिमालयन स्प्रिङ पानी, मह, छुर्पी, र साना र घरेलु उद्योग अन्तर्गत पर्ने अन्य - यी सबै २०१६ मा प्रस्तुत अघिल्लो रणनीतिभन्दा नयाँ थप भएको हो ।
4औषधीजन्य र सुगन्धित बिरुवाहरू - सरोकारवाला निर्देशिका (२०१४)निर्देशीकाले नेपालभरका औषधीजन्य र सुगन्धित बिरुवा सम्बन्धी सरोकारवालाको तथ्यांकको संकलन प्रस्तुत गर्दछ । यसमा मूल्य निर्धारण तथा यसमा प्रत्यक्ष सरोकार राख्नेहरुको विस्तृत सम्पर्क विवरण र नेपालका विभिन्न औषधीजन्य र सुगन्धित बिरुवाहरूको जानकारी संलग्न गरीएको छ । यो डाइरेक्टरी विशेष गरी राष्ट्रिय स्तरमा, बजारसँग जोडिन को लागी संकलित गरिएको हो ।