दुई दिने स्टार्टअप र आइडिया मेला कार्तिक २९ बाट सुरु हुँदै

यो कार्यक्रममा १०० भन्दा बढी डिजिटल स्टार्टअपहरूको प्रदर्शन गरिनुका साथै थुप्रै प्रविधि र विज्ञानसँग सम्बन्धित सिकाइका गतिविधिहरू आयोजना गरिनेछ।

स्टार्टअप र आइडिया मेला २०८१ आगामी  कार्तिक २९ र ३० मा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फूडल्याण्डमा आयोजना  हुँदैछ।

मेलामा १०० भन्दा बढी डिजिटल स्टार्टअपहरू प्रदर्शन गरिनेछ, जसमा आईसीटी अवार्ड २०८१  को श्रेणी ‘क’ का उत्कृष्ट सेमिफाइनलिस्टहरू र सातै प्रदेशबाट ४० भन्दा बढी स्टार्टअपहरू सहभागी हुनेछन्। उनीहरूले आफ्ना आविष्कार, उत्पादन र सफ्टवेयरसहित आफ्ना स्टार्टअप कम्पनीहरू प्रदर्शन गर्नेछन्।

अन्य गतिविधिहरू यस प्रकार छन्:

  • एउटा आइडिया पिचिङ सेसन, जहाँ विद्यार्थीहरू र स्टार्टअपहरूले आफ्ना आइडिया पिच गर्नेछन्।
  • एसटीईएम (STEM) क्याम्प, जसमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितमा अन्तरक्रियात्मक गतिविधि र परियोजनामार्फत अनुभवजन्य सिकाइमा केन्द्रित गरिएको छ।
  • रकेट निर्माणको डेमो।

दुई दिने यस कार्यक्रमले मेन्टरशिप र इनक्युबेसन सेसनका साथै सम्भावित लगानीकर्तासँग नेटवर्किङ गर्ने अवसर पनि प्रदान गर्नेछ।

सातै प्रदेशअन्तर्गत आफ्नो काम प्रदर्शन गर्ने चयन गरिएका स्टार्टअपहरू र आइडियटरहरूलाई पछि किङ्स कलेज र प्रेसिडेन्सियल कलेजमा बुट क्याम्प र इनक्युबेसन प्रदान गरिनेछ।

प्रवेश निःशुल्क छ।

स्टार्टअप र आइडिया मेला आईसीटी अवार्ड्स २०८१ को अग्रिम कार्यक्रमको रूपमा आयोजना गरिएको हो। अवार्ड्स कार्यक्रम २०८१/९/५ मा समापन हुनेछ।

कार्यक्रमको वेबसाइट अनुसार यो मेला टेक मिडिया कम्पनी लिभिङ विथ आईसीटी द्वारा आयोजित गरिएको हो।