Discover Nepal's
Startup Landscape

नेपाल-अमेरिका नवप्रवर्तन साप्ताहिक चुनौतीका लागि “ओपन हाउस” सत्र

आयोजकहरूले सरल तरिकाले सबै प्रक्रिया बुझाइदिने भएकाले सहभागी हुन चाहने सबैका लागि यो राम्रो मौका हो।

 


 

नेपाल-अमेरिका नवप्रवर्तन साप्ताहिक चुनौतीमा आवेदन दिन सोचिरहनुभएको छ तर अझै केही कुरा बुझ्न बाँकी छ? अब तपाईंका सबै जिज्ञासाहरू समाधान गर्नका लागि आयोजक टोली वान टू वाच (ओटीडब्ल्यू)ले “ओपन हाउस” सत्र गर्दैछ।

ओटीडब्ल्यू ले अक्टोबरमा चुनौतिका लागि आवेदन आह्वान गरेको हो। ओटीडब्ल्यूका अनुसार, यो चुनौति अमेरिकी नवप्रवर्तन मोडेलबाट प्रेरित नवप्रवर्तन योजनाहरू सहकार्यका साथ विकास गर्न नेपालभरिका विद्यार्थी, युवा तथा आकांक्षी उद्यमीहरू र शुरुआती चरणका संस्थापकहरूलाई एउटै मञ्चमा ल्याउने गतिवर्धक-शैलीको उद्यमशीलता कार्यक्रम हो।

कार्यक्रमकालागि आवेदन दिने अन्तिम मिति २८ मङ्सिर (आइतवार) हो। 

यस सत्रमा भने कार्यक्रम कसरी चल्छ, के–के सुविधा हुन्छन्, कसरी छनोट गरिन्छ, र आवेदन दिनुअघि जान्नुपर्ने सबै कुरा सजिलै बुझ्न सकिनेछ। आयोजकहरूले सरल तरिकाले सबै प्रक्रिया बुझाइदिने भएकाले सहभागी हुन चाहने सबैका लागि यो राम्रो मौका हो।

कार्यक्रम विवरण:

मिति: मङ्सिर २४ (१० डिसेम्बर) (बुधबार)

समय: ३:३० बजेदेखि

स्थान: वान टू वाच (ओटीडब्ल्यू), सानेपा हाइट रोड, ललितपुर

उद्यमशील सोच भएका सबैले यो सत्रमा भाग लिएर आफ्ना प्रश्नहरू सोध्न र कार्यक्रमबारे अझ नजिकबाट बुझ्न सक्नेछन।

लेख सेयर गर्नुहोस्