टेकएक्स स्वास्थ्य र शिक्षा क्षेत्रका डिजिटल प्रविधि नवप्रवर्तनहरूकालागि तयार गरिएको एक व्यवसाय गतिवर्धक कार्यक्रम हो। जसले प्रविधिको प्रयोग गरि स्वास्थ्य र शिक्षा सम्बन्धित सेवाहरु प्रदान गर्ने व्यवसायहरूलाई गतिवर्धक क्षमता प्रदान गरेर स्वास्थ्य र शैक्षिक सेवाहरूमा पहुँच सुधार गर्ने लक्ष्य राखेको छ।
यी आठ कम्पनीहरूमा कारखाना, स्किल ल्याब, होकु, हाम्रो हेल्थ, स्विच अन टेक, वाइज याक, दुर्शिक्षा र डाक्टर अन कल नेपाल नामक नवप्रवर्तनहरु समावेश छन्।
कारखाना एक सामाजिक संस्था हो जसले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित (STEAM) मा सिकाइ अनुभवहरू विकास गर्ने र सेवा प्रदान गर्दछ।
स्किल ल्याबले व्यक्ति, करियर सल्लाहकार र संस्थाहरूलाई शैक्षिक र कर्पोरेट वेबसाइटहरूसँग निर्बाध डिजिटल एकीकरण मार्फत करियर मार्गहरू योजना गर्न मद्दत गर्दछ।
होकु एक शैक्षिक प्लेटफर्म हो जसले विद्यार्थीहरूलाई उनीहरूको कमजोरीका क्षेत्रहरू पहिचान गर्न र उनीहरूको सिकाइ यात्रालाई सजिलो बनाउन दिशानिर्देश प्रदान गर्छ।
हाम्रो हेल्थले प्रविधिमार्फत व्यक्तिहरूलाई कुशल स्वास्थ्यकर्मीसँग जोडिन सहजिकरण गर्छ।
स्विच अन टेक स्वास्थ्य बीमा प्रक्रियालाई डिजिटलाइज र सुव्यवस्थित गर्न डिजाइन गरिएको एक प्रविधि समाधान हो जसले जटिल र लामो प्रक्रिया जस्ता चुनौतीहरूलाई सम्बोधन गर्छ।
वाइज याक एक एआई संचालित स्वास्थ्य सेवा स्टार्टअप हो जसले स्वास्थ्य सेवा सम्बन्धि प्रक्रियाहरूलाई सुव्यवस्थित गर्ने र निदान र उपचार योजना सुधार गर्ने काम गर्छ।
त्यसैगरि दुर्शिक्षा एक शिक्षा सम्बन्धि प्रविधि सेवाप्रदायक हो जसले रोबोटिक्स र बच्चाहरूकोलागि कोडिङ सम्बन्धि र पेशेवरहरूको लागि डिप्लोमामा प्रशिक्षण प्रदान गर्दछ।
अन्त्यमा डक्टर्स अन कल साधारण कल वा सन्देश मार्फत घर-सम्मै र डिजिटल स्वास्थ्य सेवाहरू प्रदान गर्दछ।
एक्सेलेरेशन कार्यक्रमले यो समूहलाई उनीहरूको आविष्कारलाई परिष्कृत गर्न, उनीहरूको व्यवसाय बढाउन र सान्दर्भिक प्राविधिक सहयोग, सल्लाह, कार्यशाला, नेटवर्किङ र वित्तिय आवश्यकता सम्बन्धि सहयोग गर्नेछ।
कार्यक्रमले बीज कोषको साथ स्टार्टअप र आविष्कारकहरूकोलागि एक व्यापक समर्थन ढाँचा अन्तर्गत रहेर सहयोग प्रदान गर्नेछ।
यसको समग्र योजनाहरूको एक भागको रूपमा, TechX कार्यक्रमले भर्खरै आठ समूह कम्पनीहरूकालागि दिगो पूर्वाधार निर्माणमा आफ्नो पहिलो कार्यशाला सञ्चालन गरेको छ। कार्यक्रमको लिङ्कडइनमा जनाए अनुसार संस्थापकहरू र तिनीहरूका प्राविधिक टोलीहरूले Well-Architected Framework (WAF) र Cloud Adoption Framework (CAF) को अन्वेषण गरेका छन्, जसले सुरक्षा र लागत-प्रभावकारिताको व्यावसायिक लक्ष्यहरूसँग मिल्दोजुल्दो क्लाउड समाधानहरू सिर्जना गर्न अन्तरदृष्टि प्राप्त गरेको छ। सहभागी कम्पनीहरूले प्रणाली अप्टिमाइजेसनकालागि क्षेत्रहरू पहिचान गरे र यी चुनौतीहरूलाई सम्बोधन गर्न कार्यक्रमको प्राविधिक सहयोग कसरी प्रयोग गर्ने भनेर विचार विमर्श पनि गरे।
टेकएक्स एक्सेलरेटर विकासकालागि स्विस साझेदार अन्तर्गतको कार्यक्रम हो जसलाई एक्सेलरेटर नेपालले कार्वान्यवन गरिरहेको छ।