Nep
Eng
Nep
Eng

उदयपुरमा राजकिशोर राईको मौरी व्यवसाय

विदेश,नेपाल प्रहरी,पशुपालनजस्ता धेरै व्यवसाय र जागिरमा हातलगाएको राजकिशोरले अन्ततः सफलता र सन्तुष्टि मौरी पालनबाटै प्राप्त गरेपछि गत ७ वर्षदेखि मौरीपालन गरेर वार्षिक रु. २.५ लाखको खुद नाफा कमाउँछन्।
Bee Farm : Source: Image by wirestock on Freepik | For illustration purpose

यो कथा कृषि विभागको वेबसाइटमा ७ फाल्गुन २०७७ मा प्रकाशित भएको हो।


विगत ७ वर्ष देखि अनवरत रुपले मौरी पालनमा लागेका उदयपुरका राजकिशोर राई हाल एक सफल मौरी व्यवसायीको रुपमा परिचित छन्। उनले वि.सं. २०६० सालमा नेपाल प्रहरीमा जागिर खाए तर त्यो जागिर लामो समय सम्म टिकेन। राम्रो कमाईको आशमा उनी कामदारको रुपमा कतार गए तर त्यहाँ पनि उनी केवल १० महिनाको लागि मात्र बसे र स्वदेशमै आफ्नै परिवारसँग बसेर केहि गर्नु पर्छ भन्ने सोचले प्रेरित भएर फर्किए। पछि बाख्रा, कुखुरा तथा बंगुर पालन पनि गरेका राजकिशोरले अन्त्यमा सफलता र सन्तुष्टि भने मौरी पालनबाट पाए।

वाल्यकालमा मुढेघारमा मौरीपालनन गरेको अनुभव र मह खान पाउँदाका आनन्दका कारण मौरीपालन प्रति झुकाव सानै देखि थियो उनमा। सोहि अनुसार डम्वर तामाङ नामको दाजुबाट उनले मिलेर व्यवसायिक रुपले मौरीपालन शुरु गरे। हाल उनीसँग मेलिफेरा (३५ घार), सेरेना (३० घार) दुवै थरीका मौरीहरु छन्।

मौरीपालन निकै संवेदनशील व्यवसाय भएको र ध्यानपूर्वक काम गर्न सके यो सरल पेशा पनि हो भन्छन् राजकिशोर। मह जम्ने समस्या भएको र बजारीकरण गर्दा चिनी मिसाएको मह भनेर बिक्री गर्न कहिलेकाहीँ कठीनाई पर्ने गरेको उनी बताउँछन्।

विज्ञापनहरू

वार्षिक रुपमा ५ लाख जतिको आम्दानी हुने गरेको र सबै खर्च कटाउँदा रु. २.५ लाख जति बचत हुने कुरा उनले गरे। भावी योजना अनुसार, मौरी घार बढाएर १०० पुर्याउने र छिमेकका साथीभाइहरुसँग मिलेर मौरीपालनलाई अझै बढाउँदे लैजाने उनको योजना रहेको छ।


 

कृषि विभागमा प्रकाशित

प्रकाशित मिति: २०७७/११/७

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू
Bee Farm : Source: Image by wirestock on Freepik | For illustration purpose