Nep
Eng
Nep
Eng

This post is also available in: English

‘भिजनदेखि कार्यान्वयनसम्म: व्यापार रणनीतिमा रुपान्तरण’ शिर्षकमा दोस्रो रत्न बिज समिट सम्पन्न

सौराहामा सम्पन्न दोस्रो रत्न बिज समिटले उद्यमीहरूलाई रणनीतिक दृष्टिलाई कार्यान्वयनमा रूपान्तरण गर्न प्रेरणा प्रदान ।
तस्बिर: जेसीआई रत्ननगर | फेसबुक

व्यवसायी तथा नवउद्यमीको रणनीतिगत सोचलाई कार्यान्वयनमा रूपान्तरण गर्न उत्प्रेरणा प्रदान गर्नेरत्न बिज समिट .जेसिआइ रत्ननगरको आयोजनामा चितवनको सौराहामा सम्पन्न भएको छ।भिजनदेखि कार्यान्वयनसम्म: व्यापार रणनीतिमा रूपान्तरणभन्ने मूल सन्देशसहित समिट बैशाख १२ १३ गते सौराहाको रोयल टाइगर लक्जरी रिसोर्टमा सम्पन्न भएको हो।

समिटमा उद्योग, व्यवसाय अर्थतन्त्रसँग सम्बन्धित विविध विषयमा विशेषज्ञ, व्यवसायी तथा प्रशिक्षकहरूले आफ्ना विचार अनुभव प्रस्तुत गरेका थिए। पहिलो दिन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालको व्यापारिक परिदृश्य सम्भावनाका विषयमा प्रस्तुति दिएका थिए भने पूर्व अर्थसचिव मधुकुमार मरासिनीले हालको आर्थिक अवस्थाको मूल्यांकन गर्दै अगाडि बढ्ने मार्गरेखा प्रस्तुत गरेका थिए।

दोस्रो दिनको सत्रमा चितवन उद्योग संघका पूर्व अध्यक्ष तथा युवा उद्योगी राजु पौडेल नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरि पन्तले आफ्ना व्यवसायिक यात्रा अनुभवहरू साझा गरेका थिए। बहुराष्ट्रिय कम्पनी कोकाकोलाका उपव्यवस्थापक प्रकृति बस्यालले अन्तर्राष्ट्रिय कम्पनीमा काम गर्दा हासिल गरेका अनुभव स्थानीय उद्यमीसँगको सहकार्यका सम्भावनाबारे आफ्ना विचार राखेकी थिइन्।

विज्ञापनहरू

व्यवसाय व्यवस्थापन प्रशिक्षक क्षितिजजंग थापाले सहभागीहरूलाई रणनीति निर्माणदेखि समस्याको समाधानसम्मका उपायहरूबारे प्रशिक्षण दिएका थिए।

जेसिआइ रत्ननगरका अध्यक्ष बाबुराम परियारका अनुसार यो समिट उद्यमशील सोच भएका युवाहरूलाई प्रोत्साहित गर्न व्यवसायिक वातावरणलाई सकारात्मक दिशा दिनका लागि आयोजना गरिएको हो। समिटका महासचिव तथा संयोजक सौरभ रिजालले कार्यक्रमले व्यवसायिक क्षेत्रमा सक्रिय युवामाझ नयाँ ऊर्जा भर्ने विश्वास व्यक्त गरे।

गत वर्षको पहिलो संस्करणपछि यसपटक दोस्रो पटक आयोजना गरिएको यस सम्मेलनमा चितवन, नवलपुर, मकवानपुर, कास्की लगायतका जिल्लाबाट उद्यमी, व्यवसायी तथा नवउद्यमीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू
तस्बिर: जेसीआई रत्ननगर | फेसबुक