नेपाल युवा परिषद्ले ‘राष्ट्रिय युवा सम्मेलन’ आयोजना गर्दै

वक्ताहरूको उपस्थिति, अन्तरक्रियात्मक प्यानल छलफल, कार्यशाला, प्रदर्शनीहरू र सञ्जाल विस्तारका अवसरहरू सहित राष्ट्रिय युवा परिषद्द्वारा आयोजित यस सम्मेलनमा युवा नेतृत्व, जलवायु कार्य, डिजिटल सीप, र दिगो उद्यमशीलता जस्ता महत्वपूर्ण विषयहरूमा गहिरो छलफल गरिनेछ।
तस्बिर: नेपाल युवा परिषद

नेपाल युवा परिषदले राष्ट्रिय युवा सम्मेलन घोषणा गरेको छ। परिषद युवाहरूको नेतृत्वमा सञ्चालित एक गैर-नाफामुखी संस्था हो जसले देशभरका युवाहरूलाई सशक्त बनाउने कार्य गरिरहेको छ। यो सम्मेलन संस्थाको वार्षिक प्रमुख कार्यक्रम हो, जसको उद्देश्य देशका ७७ वटै जिल्लाबाट एक जना पुरुष र एक जना महिला गरी २२० जना १८ देखि ३५ वर्ष उमेर समूहका युवाहरूलाई एकै स्थानमा ल्याउनु हो। साथै, यस सम्मेलनमा नीतिनिर्माता, विज्ञ तथा उद्योग क्षेत्रका अगुवा व्यक्तिहरू पनि सहभागी हुनेछन्, जसले राष्ट्रिय र विश्वव्यापी चुनौतीहरूबारे छलफल गर्नेछन्।

कार्यक्रम चार दिनसम्म चल्नेछ र काठमाडौंमा आयोजना हुनेछ, जसको स्थान चाँडै घोषणा गरिनेछ।

यस वर्षको विषयवस्तु

यस वर्ष सम्मेलनले युवाहरूलाई निर्णय प्रक्रियामा संलग्न गराउनेमा केन्द्रित हुनेछ, साथै उनीहरूलाई दैनिक जीवनमा स्थानीय उत्पादन, खाद्यवस्तुहरू र बीउबिजनको महत्त्व देखाएर तिनको प्रयोगप्रति प्रोत्साहित गरिनेछ।

कार्यक्रममा गलत सूचनाबारे र विशेषगरी जलवायु परिवर्तनसम्बन्धी तिनका जोखिमहरूबारे पनि छलफल गरिनेछ।

सम्मेलन शिक्षाप्रद र अवसरले भरिपूर्ण हुनेछ। यसमा छलफल, प्रदर्शनीहरू, तालिम सत्रहरू, तथा भेटघाट र सञ्जाल विस्तार गर्ने अवसरहरू हुनेछन्।

मुख्य आकर्षणहरू:

  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरू सहितका प्यानल छलफल र प्रमुख सत्रहरू (विषयहरू: युवा नेतृत्व, स्थानीय खाना, स्टार्टअप, जलवायु परिवर्तन, डिजिटल सीप, गलत सूचना विरुद्धको लडाइँ)
  • कार्यशाला तथा क्षमता विकास सत्र
  • स्थानीय परिकार र कृषि बीउबिजनको प्रदर्शनी
  • स्टार्टअप तथा नवप्रवर्तन प्रदर्शनी
  • सञ्जाल विस्तार र सांस्कृतिक आदानप्रदान
  • सरकारी प्रतिनिधिहरूसँग नीतिगत संवाद
  • युवा परिवर्तनकर्ताहरूको लागि पुरस्कार र सम्मान

सहभागिता शुल्क रू. २,२२२
(जसमा ३ दिनको आवास तथा खाना, सम्मेलन टूलकिट, टि-शर्ट र उपहारहरू समावेश छन्)


आवेदन गर्न र थप जानकारीका लागि लिङ्क यहाँ हेर्नुहोस्:
https://nepalyouthcouncil.org/2025-nyc/