के तपाईलाई थाहा छ नेपाल सरकारले छानिएका उत्पादनहरुको निर्यात मूल्यमा ८% सम्मको नगद अनुदान उपलब्ध गराउँछ?
‘निर्यात अनुदान कार्यविधि’ २०७५ मा पेश गरिएको थियो, जुन सोही वर्ष परिमार्जन पनि गरिएको थियो र त्यसपछि २०७९ मा उल्लेखनीय रूपमा सुधार गरियो ।
हालको निकासी प्रोत्साहन योजना अन्तर्गत ३६ वटा निर्यात वस्तुले उत्पादन, निकासीको मात्रा र देश भित्र मूल्य अभिवृद्धिको आधारमा आफ्नो कुल निर्यातको निश्चित मात्रामा लाभ लिन सक्नेछन् ।
वस्तुहरूलाई ५ र ४ प्रतिशत नगद अनुदानका लागि दुई अनुसूचीमा वर्गीकृत गरिएको छ (तलको तालिका हेर्नुहोस्), जसमा कम्तिमा क्रमशः ५० र ३० प्रतिशत मूल्य अभिवृद्धि हुनुपर्छ ।
क्र.स. |
अनुसूची-१ (५%) | अनुसूची-२ (४%) |
१ | प्रशोधित चिया | स्वदेशमा उत्पादित कपडा |
२ | प्रशोधित कफी | तयारी पोशाक |
३ | हस्तकला (तामा, फलाम, ढलोट र सिसा कच्चा पदार्थको रुपमा प्रयोग हुने समेत) र काष्ठकलाका वस्तु | गलैंचा र ऊनीका सामान |
४ | प्रशोधित छाला (क्रस्ट) र छालाजन्य उत्पादनहरु | पस्मिना, क्यासमेयर र ‘च्याङ्ग्रा’ पस्मिना तथा सोबाट उत्पादित सामान |
५ | हाते कागज तथा सोबाट उत्पादित सामान | स्वदेशी प्रशोधित जुट तथा जुटका उत्पादनहरू |
६ | प्रशोधित र अर्ध-प्रशोधित जडीबुटी (यार्सागुम्बा सहित) र सारयुक्त तेल | सुनचाँदीका गहना |
७ | प्रशोधित पत्थर तथा पत्थरजडित गरगहना | स्वदेशी अर्ध-प्रशोधित छाला |
८ | अल्लोबाट उत्पादित सामानहरु | औषधी |
९ | प्रशोधित पिउने पानी/मिनरल वाटर | फेल्ट (ऊनीजन्य) का वस्तुहरु |
१० | प्रशोधित र अर्ध-प्रशोधित बेसार | पोलिस्टर यार्न/फाइबर भिस्कोज यार्न/एक्रेलिक यार्न/कपास |
११ | ताजा तरकारी* | तामाका सामान (हस्तकलाका सामान, पुजाआजाका सामान, सजावटका सामान तथा अन्य भाँडाकुँडा ) |
१२ | पुष्प* | जुत्ता |
१३ | प्रशोधित मह* | क्लिंकर |
१४ | प्रशोधित र अर्ध-प्रशोधित अलैंची | सिमेन्ट |
१५ | प्रशोधित र अर्ध-प्रशोधित अदुवा (सुठो, स्लाइडिङ, तेल र पाउडर लगायत) | स्टिल |
१६ | दुग्धजन्य पदार्थ (दुध, चिज, पनिर, छुर्पी र फ्याट)* | कत्था |
१७ | फलफुल* | रोजिन तथा तार्पेन |
१८ | अम्रिसो* | प्लाइउड |
* परिवर्त्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा
अतिरिक्त प्रावधानहरू:
→ यदि अनुसूची-१ र अनुसूची-२ का उत्पादनहरूमा क्रमशः मूल्य अभिवृद्धि कम्तिमा ८०% र ७०% भएमा कूल निर्यात रकमको थप १ प्रतिशत नगद अनुदान प्रदान गरिनेछ ।
→ राष्ट्रिय स्तरको सामूहिक ट्रेडमार्क मार्फत (जस्तै चिया वा पश्मिना) बमोजिम अनुसूची-१ र अनुसूची-२ का उत्पादनहरू निर्यात भएमा कूल निर्यात रकमको थप १ प्रतिशत नगद अनुदान ।
→ यदि अनुसूची १ र अनुसूची २ का उत्पादनहरूमा अघिल्लो आर्थिक वर्ष निर्यात गरेको परिणाम भन्दा २०% भन्दा बढी निर्यात गरेमा त्यसरी बढि निर्यात गरेको मुल्यको एक प्रतिशतले हुन आउने थप रकम प्रदान गरिनेछ ।
→ यदि अनुसूची १ का उत्पादनहरूमा ५०% भन्दा कम मूल्य अभिवृद्धि छ तर कम्तिमा ३०%, सो उत्पादनहरु अझै पनि ४% नगद फिर्ताको लागि योग्य हुनेछन् ।
→ यदि अनुसूची २ का उत्पादनहरूमा कम्तिमा ५०% मूल्य अभिवृद्धि छ भने, सो उत्पादनहरु मानक ४% को सट्टा ५% नगद अनुदानका लागि योग्य हुनेछन् ।
→ वार्षिक ५० करोड रुपैयाँभन्दा बढीको निकासी भएका उत्पादनहरूले ५० करोड भन्दा बढी भएको मूल्यमा ८% अनुदान पाउनेछन् ।
→ नगद अनुदानलाई अन्तर्राष्ट्रिय बजार प्रवर्धन, प्रविधि र क्षमता अभिवृद्धि र विधुतिय व्यापारको क्षेत्रमा खर्च गर्नु पर्नेछ ।