सरकारी निकायहरूमा स्वदेशी वस्तुको प्रयोगलाई प्रोत्साहन गर्ने निर्देशिका जारी

सरकारी निकायहरूले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने गरी निर्देशिका जारी गरिएको छ।
Image: sagarmanis | Getty Images

नेपाल सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले नयाँ निर्देशिका जारी गरेको छ। यस निर्देशिकाले सरकारी निकायहरूलाई आफ्नो खरिद प्रक्रियामा स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरेको छ। “सार्वजनिक निकायहरूमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका २०८१” ले सबै सरकारी निकायहरूलाई सरकारी कारबाहीमा नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरेको छ। यो कदम देशको स्वदेशी उद्योगहरूलाई आवश्यक प्रोत्साहन प्रदान गर्ने लक्ष्य अन्तर्गत आएको हो।

निर्देशिकाले सार्वजनिक निकायहरूले आफ्नो अनुसूची-१ मा सूचीकृत स्थानीय उत्पादनहरू खरिद गर्नुपर्ने व्यवस्था गरेको छ। प्रक्रियालाई सहज बनाउन वाणिज्य, उद्योग तथा आपूर्ति मन्त्रालयले “नेपाली उत्पादन” नामक इलेक्ट्रोनिक पोर्टल विकास गर्नुपर्ने छ जसले खरिदलाई सहज बनाउने, उत्पादन सूची व्यवस्थापन गर्ने र खरिदलाई प्रभावकारी बनाउन कारोबारको निरीक्षण गर्नेछ।

उत्पादकहरूले आफ्नो उत्पादनको नाम, परिमाण, खुद्रा र थोक मूल्य, गुणस्तर मापदण्ड जस्ता विस्तृत विवरणहरू सहित पोर्टलमा आफ्नो उत्पादन सूचीकृत गर्नुपर्नेछ ।

थप उनीहरूले वस्तुहरू स्वदेशी उत्पादन भएको प्रमाणित गर्न ‘उत्पत्तिको प्रमाणपत्र’ प्राप्त गरी पोर्टलमा राख्नुपर्नेछ। यस प्रमाणपत्रले यदि मापनि नेपालमा कम्तिमा ३०% मूल्य अभिवृद्धि भएको उत्पादनहरूलाई (विदेशी कच्चा पदार्थ प्रयोग गरिएको भएपनि) नेपाली वस्तुको रुपमा  पुष्टि गर्दछ। सन्दर्भको लागि निर्देशिकामा प्रमाणपत्रको नमूना ढाँचा पनि समावेश गरिएको छ ।

सरकारी कर्मचारीहरूलाई आधिकारिक प्रयोजनका लागि उपहार दिने र सार्वजनिक कार्यक्रम र कार्यक्रमहरूको क्रममा स्थानीय उत्पादनहरू प्रयोग गर्न साथै स्थानीय रूपमा उत्पादित कपडाहरू प्रयोग गर्न प्रोत्साहित गरिएको छ । अनुपालनलाई प्रोत्साहन गर्न निर्देशिकाले उत्कृष्ट पालना प्रदर्शन गर्ने संघीय, प्रदेश र स्थानीय सार्वजनिक निकायहरूकालागि पुरस्कार र प्रमाणपत्रहरू प्रदान गर्न कार्यान्वयन समितिलाई सिफारिस गरेको छ ।

यद्यपि निर्देशिकामा उल्लेख गरिएका कुनै पनि प्रावधानहरूको बाबजुद विदेशी अनुदान वा ऋण सहायता अन्तर्गतका परियोजनाहरूले आफ्नो सम्झौता अनुसार आफ्ना कामकारवाही कार्वान्यन गर्न सक्नेछन्।

अनुसूची-१ मा उल्लिखित केही उत्पादनहरू यस प्रकार छन्:

  • नेपाली हस्तनिर्मित कागज र कागजबाट बनेका वस्तु वा सामग्रीहरू जस्तै: खैरो कागज, पेन्सिल, डट पेन, नेपाली खाम, नोटबुक, रजिस्टर, टिस्यु पेपर, डायरी, प्रतिलिपि, चक, बोर्ड मार्कर, फाइल। 
  • प्राकृतिक रेसा, पाश्मिना र ऊनका उत्पादन जस्ता कपडा। 
  • जूटबाट बनेका सामानहरू। 
  • छालाका उत्पादनहरू जस्तै झोला, लुगा, सामानहरू परम्परागत हस्तकला, काठका काम, मूर्ति र चित्रकला र सिरेमिक कामबाट बनेका वस्तु वा उत्पादनहरू।
  •  टेबलक्लोथ, भाँडा, चिया-च्याट, मोमबत्ती, अगरबत्ती र मग जस्ता उत्पादनहरू। 
  • साबुन (डिटर्जेन्ट र बडी वास), स्याम्पु, डिटर्जेन्ट पाउडर, बाथरुम र झ्याल सफा गर्ने जस्ता सफाई सामग्रीहरू। 
  • तामा वा एल्युमिनियम बाँध्ने तार, कम्प्युटर सफ्टवेयर, सुख्खा ब्याट्री जस्ता मेसिनरी। 
  • सिमेन्ट र इँटा, एएसी ब्लक, एल्युमिनियम र युपिभिसी झ्याल र ढोकाका फ्रेमहरू, प्रिफ्याब वाल प्यानलहरू, काठबाट बनेका सामानहरू जस्ता निर्माण सामग्रीहरू। 
  • दुध, दुग्धजन्य पदार्थ, मासु, अण्डा, तरकारी, फलफूल, प्रशोधित खाद्य पदार्थ, मसला, चिया, कफी, चिनी, मह, चामल, मकै, र अन्य कृषि उत्पादनहरू। 
  • आयुर्वेदिक औषधि जस्तै जडिबुटी उत्पादनहरू।

 

– आर्या सैंजु फारसाईट इम्प्याक्टमा इन्टर्नको रुपमा कार्यरत छिन्।