Nep
Eng
Nep
Eng

This post is also available in: English

नबिल बैंकको एसईई फेलोशिप कार्यक्रम २०२४

५६ सहभागीहरूको अघिल्लो समूहमध्ये ८०% ले आफ्नै व्यावसायिक उद्यमहरू सुरु गरेका छन्।

नबिल बैंकको सामाजिक उद्यमशीलता विद्यालय (नबिल एसएसई) ले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको व्यवस्थापन संकायसँगको सहकार्यमा ६ महिनाको नबिल एसएसई फैलोशिप कार्यक्रम २०२४ को घोषणा गरेको छ।

आफ्नो चौथो ब्याचको यो पहलले जीविकोपार्जन, सीप विकास, खेती, शिक्षा, स्वास्थ्य, कला, सामुदायिक कल्याण, सूचना प्रविधि र ऊर्जा जस्ता विभिन्न क्षेत्रमा सामाजिक उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।

यस साथै सहभागीहरूले एक वर्षकोलागि मेन्टरशिप प्राप्त गर्नेछन्। सत्रको अन्त्यमा नबिल एसएसईले वित्तीय पहुँचको सुविधा पनि सहजीकरण गर्नेछ।

विज्ञापनहरू

यो कार्यक्रम निःशुल्क हो, तर यातायात खर्च भने सहभागीले आफैंले बेहोर्नुपर्नेछ।

आवेदकहरूको लागि योग्यता र मापदण्ड:

  • उमेर १८ वर्ष वा सोभन्दा बढी 
  • नेपाली नागरिकता अनिवार्य
  • प्रारम्भिक चरणको स्टार्ट-अपमा संलग्न व्यक्तिहरू, बजारमा नयाँ रहेका वा सामाजिक परिवर्तनका लागि व्यवसाय सुरु गर्न इच्छुक व्यक्तिहरू
  • ६ महिनाको फेलोशिप कार्यक्रममा प्रति महिना तीन दिनसम्म उपस्थित हुने प्रतिबद्धता
  • कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि कम्तीमा ९०% उपस्थिति

 

५६ सहभागीहरूको अघिल्लो समूहमध्ये ८०% ले आफ्नै व्यावसायिक उद्यमहरू सुरु गरेका छन्।

आवेदन बुझाउने म्याद: भदौ १५, २०८१ (अगस्ट ३१, २०२४)

आवेदकहरूले आफ्नो आवेदनहरू अनलाइन गुगल फार्म मार्फत पेश गर्न सक्नेछन् ।

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू