Nep
Eng
Nep
Eng

This post is also available in: English

आइएफसीले एसएमईहरुको बृद्धिकालागि सिद्धार्थ बैंकमा साढे पाँच करोड डलर लगानी

"नेपालको कुनै पनि वित्तीय संस्थामा अहिलेसम्मको यसबैभन्दा ठूलो लगानीको साथ, आईएफसीले एसएमई फाइनान्सिङमा भएको ठूलो खाडललाई सम्बोधन गर्ने लक्ष्य राखेको छ।"
https://www.siddharthabank.com/gallery/images/siddhartha-bank-and-ifc-collaborates-for-msmes-and-climate-financing-in-nepal#lg=1&slide=2

विश्व बैंक समूहको निजी क्षेत्र कर्जा शाखा इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी)ले सिद्धार्थ बैंकमा ५ करोड ५० लाख अमेरिकी डलर को ठुलो लगानी गर्ने घोषणा गरेको छ । यो लगानीले नेपालको साना र मझौला उद्यमहरू (एसएमईहरू) विशेष गरी महिलाको स्वामित्वमा रहेका र सेवा नपुगेका ग्रामीण उद्यमहरूका लागि वित्तीय समावेशीता बढाउने लक्ष्य राखेको छ।

नेपालको कुनै पनि वित्तीय संस्थामा अहिलेसम्मको यो सबैभन्दा ठूलो लगानीको साथ, IFC ले एसएमई वित्तपोषणमा रहेको खाडललाई सम्बोधन गर्ने लक्ष्य राखेको छ, जुन हाल नेपालमा ३.६ बिलियन डलर रहेको छ। यो खाडल एसएमईहरुको बृद्धि र विकासमा ठूलो बाधा बनेको छ, जसले देशका करिब ४४% यस्ता व्यवसायलाई असर गरेको छ।

यस्तो परिप्रेक्ष्यमा, यो पूंजी भित्रनाले देशका एसएमईहरूलाई विकास, नवप्रवर्तन र परिचालन संवर्द्धनका लागि महत्त्वपूर्ण हुने लगानी प्रदान गर्नेछ। यसबाहेक, महिला नेतृत्व भएको व्यवसाय र ग्रामीण एसएमईहरूमा जोड दिईने हुनाले सीमित वित्तीय पहुँचको असमान बोझ विहोरीरहेका यी सीमान्तकृत उद्यमहरूका का प्रवर्धन निम्ति यो कोष निकै महत्वपूर्ण साबित हुनेछ । अन्ततः, साना तथा मझौला उद्योगहरू नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको हुनाले आर्थिक जीवन्ततालाई प्रज्वलित गर्न, रोजगारीका अवसरहरू सृजना गर्न र देशको समावेशी आर्थिक वृद्धिमा योगदान पुर्‍याउन यो लगानीले ठुलो भूमिका खेल्नेछ।

विज्ञापनहरू

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू
https://www.siddharthabank.com/gallery/images/siddhartha-bank-and-ifc-collaborates-for-msmes-and-climate-financing-in-nepal#lg=1&slide=2