उद्योगहरूले अब एकल लेनदेन मै ६०,००० डलर सम्मको कच्चा पदार्थ आयात गर्न सक्छन्

"पहिले सिमा $५०,००० थियो। र अहिलेको नयाँ प्रावधान नेपाल व्यापार एकीकरण रणनीति २०२३ मा सूचीकृत निर्यात सम्भावना भएका वस्तुमा पनि लागू हुन्छ"।
https://www.facebook.com/NRB.CentralBank

उद्योगहरूले अब एकल लेनदेन मार्फत अधिकतम ६०,००० डलर बराबरको कच्चा माल आयात गर्न सक्छन्।

नेपाल राष्ट्र बैंक (एनआरबि) ले एकीकृत परिपत्र–२०७९ लाई परिमार्जन गर्दै ऋण पत्र (एलओसी) सुविधाको सीमा अघिल्लो ५०,०००

डलर बाट बढाएको छ ।

छिमेकी भारतबाट आयातको हकमा योग्य उद्योगहरूले भा.रू. तिन करोड सम्मका सामानहरू आयात गर्न पाउनेछन्।

भर्खरै जारी गरिएको नेपाल व्यापार एकीकरण रणनीति–२०२३ मा सुचिकृत ‘निर्यात क्षमता भएको माल’ श्रेणीअन्तर्गत ‘present goods’ (प्रेजेन्ट गूड्स) को उत्पादनमा संलग्न उद्योगहरूले पनि यो सुविधा पाउनेछन् ।

ब्याक-टु-ब्याक ऋणपत्र सुविधाहरू प्राप्त गर्न (वा, ब्याक-टु-ब्याक क्रेडिट मेकानिजम मार्फत कच्चा पदार्थ आयात गर्नु), योग्य उद्योगहरूले उनीहरूको पहिलो आयात पछि थप ७ दिन कुर्नु पर्ने हुन्छ। उद्योगहरुले भन्सार कार्यालयबाट जारी गरेको वि.वि.नि.फाराम, भन्सार प्रज्ञापनपत्र र भन्सार राजस्व भुक्तानी रसिद सम्बन्धित बैंक वा वित्तीय संस्थामा बुझाउनु पर्नेछ।