पुस्तेनी परम्पराको निरन्तरताले सुरु भएको “​​फक्ताङलुङ ढाका कपडा उद्योग”

शान्तीले बुनेका वा उनको उद्योगमा तयार भएका ढाकाका साामग्रीहरु तेह्रथुमबाट काठमाडौं हुँदै युकेदेखि अष्ट्रेलियासम्म पुगेका छन् तर कोरोना महामारीपछि भने उस्तै छैन् व्यवसाय

तेह्रथुममा प्राय: घरमा हुने तान बुन्ने परम्परा शान्ती फुदुङ लिम्बुको परिवारमा पनि थियोपुर्खौंदेखि गर्दै आएको तानमा कपडा बुन्ने परम्परालाई शान्तीले २०५९ बाट भने व्यवसायिकरण गरिन्त्यसपछि सुरु भएको थियो, ‘फक्ताङलुङ ढाका कपडा उद्योग

यहाँ तानमा कपडा बुन्ने चलन पहिल्यैबाट थियो”, उनी सम्झिन्छिन्,पहिला घरेलु तानमा खादीको कपडा बुन्ने गरिन्थ्योअहिले खादीको ठाउँमा ढाकाको कपडा बुन्ने गरिन्छ।

२०५९ मा शान्तीले आफ्नो पुर्खाले गर्दै आएको कामलाई साना तथा घरेलु उद्योगमा दर्ता गरेरफक्ताङलुङ ढाका कपडा उद्योगसुरु गरेकी थिइन्पुर्खाले निरन्तरता दिएर बचाईराखेको सीपबाटै उनले व्यवसायको सुरुवात गरेको २२ वर्ष भएको

उनको उद्योगबाट ढाकाका टोपी, झोला, चोलो लगायतका उत्पादनका साथै माग अनुसारका हातले बुनेका ढाकाका कपडाहरु पनि तयार गरेर बिक्री हुने गरेको । 

शान्तीले बाल्यकाल देखि नै बुबाआमाले हातले कपडा बुनेको देख्दै आइन्त्यहि सीप आफूले पनि सिकिन्

पहिले घरेलु तानमा खादीको कपडा बुन्ने गरिन्थ्यो”, उनी भन्छिन्, “पछि गएर बिस्तारै तिनमा बुट्टा भर्न थाल्यौहाल हातले बुनेका कपडाको माग बजार दुवै राम्रो छ।

अझ, राम्रो ढाकाको खोजीमा ग्रहाकहरु उद्योग मै पुग्ने गरेको उनी बताउँछिन्फक्ताङलुङ ढाका कपडा उद्योगमा पनि हातले बुनेको ढाका खोजीमा मान्छेहरू आउने गर्छन्। 

तेह्रथुमको ढाका युकेदेखि अष्ट्रेलियासम्म

शान्तीले बुनेका वा उनको उद्योगमा तयार भएका ढाकाका साामग्रीहरु तेह्रथुमबाट काठमाडौं हुँदै युकेदेखि अष्ट्रेलियासम्म पुगेका छन्बजारिकरणको पक्षबाट हेर्दा ढाकाको उत्पादनमा हुने गुणस्तर नै त्यसको बजारीकरणको प्रमुख पक्ष भएको शान्ती मान्छिन्त्यहि गुणस्तरका कारण एक व्यक्तिबाट अर्को व्यक्ति हुँदै उद्योगमा उत्पादित सामग्रीहरु देश विदेशसम्म पुगेका छन्। 

हाम्रा उत्पादन देशभरमा नभएर अन्तराष्ट्रिय बजारसम्म पनि पुगेका छन्तर, कोरोना महामारी पछि भने यो सबै फेरिएको लकडाउन अघि यहाँको सामान युकेदेखि अष्ट्रेलिया पनि पठाइन्थ्यो”, उनी दुखेसो गर्छिन्। 

हातले बुनेको ढाकाको बजार राम्रो भएता पनि शान्तिको उद्योगका उत्पादनको माग लकडाउन अघिको समयमा अझ बढी रहेको शान्ती बताउँछिन्।  तर, कोरोना महामारीको समयमा आफ्ना श्रीमानको देहान्त भएपछि भने व्यवसायलाई पहिलाको जस्तो चुस्त तिव्र रुपमा चलाउन भने उनले पाएकी छैनन्

भारतबाट आयात हुन्छ कच्चा पदार्थ

ढाकाका सामान बनाउनका लागि प्रमुख आवश्यकता धागोदेखि अन्य कच्चा पदार्थ पनि भारतबाट आयात हुने शान्तीले बताइन्धागो उद्योगहरुले भारतबाट सादा धागो ल्याएर त्यसमा रंग भर्ने गर्छन्त्यसपछि भने शान्तिजस्ता साना उद्योगहरुले ती धागोहरु किनेर ल्याउँछन्उनी भन्छिन्, “उद्योगका लागि आवश्यक पर्ने धागो लगायतका कच्चा पदार्थ विराटनगर काठमाडौंबाट ल्याउँछु।”

मुख्य कच्चा पदार्थ धागोको खरिद गर्दा आफूले औसतमा एकपटकमा / लाख बराबरको धागो खरिद गर्ने शान्तीले बताइन्आफूलेले बिराटनगरबाट कच्चा पदार्थ मगाउने त्यहाँका धागो उद्योगले मागअनुसारको सामान पठाईदिने उनी बताउँछिन्। 

धैर्यताको काम, मार्जिन कम

ढाका बन्ने प्रक्रिया मसिना धागाहरुलाई एकअर्कासँग बुन्दै बुन्दै ढाँचा दिएर बनाउनुपर्ने हुन्छत्यसैले शान्तीलाई यो काममा सबैभन्दा धेरै महत्वपुर्ण कुरा धैर्यता हो भन्ने लाग्छ। 

कपडा बुन्नका लागि सुरुमा धागो ल्याएर तानमा लगाउनुपर्छअनि तिनमा बुट्टा राख्नुपर्छसजिलो डिजाइन भएमा एक मिटर कपडा एकै दिनमा बुनेर तयार हुन्छतर डिजाइन अलिक जटिल भन्ने बुट्टा भर्नकै लागि धेरै समय लाग्छउनी भन्छिन्, “जटिल बुट्टा भर्दा एकएक वा दुईदुईवटा गरेर धागो टिप्नुपर्ने हुन्छ, काम ढिलो हुन्छ।” 

शान्तीले प्राय बुट्टा आफै बनाउने गर्छिन्यो सीप उनले कतै पढेर वा सिकेर जानेकी होइनन्यो सीप पुस्तान्तरण हुँदै उनीसम्म आइपुगेको होतर कहिलेकाही ग्राहकले आफ्नै ईच्छा अनुसारको डिजाइन बनाउन दिन्छन्उनी भन्छिन्कोहिले मैले नै बनाएको डिजाइन मनपराउँनु हुन्छकतिले भने डिजाइन देखाएर यस्तो बनाइदिनु भन्दै अर्डर दिनुहुन्छ।

तर, यस्तो धैर्यताको काम भएतापनि यसमा मार्जिन भने निकै कम भएको उनी बताउँछिन्

उद्योगलाई लाग्ने कच्चा पदार्थ सबै बाह्य क्षेत्रबाट ल्याउनु पर्ने हुन्छजसले गर्दा साना उद्योगमा उत्पादन लागत नै धेरै हुने गर्दछशान्तीको ढाका उद्योगमा पनि बुनाइ प्रक्रियामा नै कच्चा पदार्थको मूल्य महँगो पर्ने हुँदा मार्जिन कमै  हुन्छ। 

यो कममा बुट्टा बनाउदा पनि हिसाब गरे जस्तै हुन्छ, ध्यान मन लगाएर गर्नुपर्छ”, शान्ती भन्छिन्, हप्तामा दुई तिनवटा टोपी बुनिन्छतर बजारमा बिक्री गर्दा त्यो परिश्रम लागतअनुसारको मार्जिन हुँदैन्।”

वटा हाते तानबाट सुरु, ४० हजार लगानी

फक्ताङलुङ ढाका कपडा उद्योगको संचालन २०५९ सालमा हुँदा तत्कालिन समयमा ४० हजार रुपैयाको लगानी भएको थियो।  शान्ती भन्छिन्, “ वटा हाते तानबाट उद्योग सुरु गरेका थियौ।”

त्यो बेला ढाकाको माग पनि धेरै थियो कामदारहरु पनि हरेक तानका लागि राखिएको थियो। 

तर, अहिले भने त्यस्तो नभएको शान्तीको जिकिर

अहिले मान्छेहरु अवसरको खोजीमा विदेश पलायन भएका कारण पनि गाउँमा काम गर्ने मान्छेको अभाव भएको बताउछिन् शान्तीकाम गर्ने मान्छेहरुको अभावकै कारण शान्तीलाई सुरुवाती दिनहरुमा साथ दिने हाते तानहरु पनि हाल थन्किएका छन्

अहिले भने शान्तीको उद्योगमा एउटा अर्धस्वचालिक मेसिन रहेको छ। तेह्रथुमको स्थानीय सरकारले नै स्थानीय सीपको जगेर्ना र परम्परागत व्यवसायिक शैलीलाई प्रवर्द्धन गर्नका लागि उक्त मेसिन दिएको थियो। अहिले सोही मेसिनबाट काम गर्ने गरेको उनले बताइन्।

उद्योगबाट कति आम्दानी हुन्छ ?

यो प्रश्नमा भने शान्तीको ठ्याक्कै यति भन्ने जवाफ छैनअहिले उनी उद्योगमा आफ्नो फुर्सदको समयमा काम गर्छिन्कामदारका रुपमा पनि आफू नै छिन्, सञ्चालकका रुपमा पनि आफू नैउनी भन्छिन्, “यति नै कमाई , यति फाइदा हुन्छ भन्ने छैनअहिले घरमा हुँदाको खाली समयमा काम गर्छुकाम जति गर्यो त्यत्ति नै फाइदा हुने हो।”

उदाहरण दिँदै शान्ती ढाकाको सारी बुनेमा महिनामा ४० हजारसम्म आम्दानी हुने बताउँछिन्उनी भन्छिन्, महिनामा चार वटासम्म सारी बुन्ने हो भने ४० हजार रुपैयाँ आम्दानी हुन्छएउटा सारी बुनेमा १० हजारसम्म आम्दानी हुन्छ।”

संघर्ष देखि अवसर सम्मको यात्रा

शान्तीले उद्योग सुरु गर्दा हालको परिवेश फरक उद्योग चलाउदा करिव दुई दशक अघिको समयमा यातायत, बजार संचारको खासै सुविधा थिएनउनले श्रीमानसँग मिलेर त्यो बेला उद्योगलाई स्थापित गरेर व्यवसायिक यात्रा सुरु गरेकी थिइन्

पहिला धेरै संघर्ष थियो”, उनी भन्छिन्, “भारी बोकेर सामन ल्याउनुपर्थ्यो, बजार पनि त्यति थिएनअहिले बजार , प्रचारप्रसार गर्ने माध्यम छन्।” 

अहिले अवसर धेरै भएको उनलाई लाग्छतर, प्रतिस्पर्धा पनि बढेको मेसिनले बन्ने कपडाहरुको बिगबिगीका कारण परम्परागत सिपलाई बजारमा लगेर महत्व बुझाउन भने समय लाग्ने उनी बताउँछिन्। 

दुई दशकभन्दा लामो समयदेखि ढाकाको कामलाई व्यवसायिक बनाएकी शान्ति आफूले गरिरहेको काम प्रति सन्तुष्ट छिन्उनी भन्छिनयहीबाट आएको आम्दानीले नै जीवन धानियोछोरा छोरि पढाइयो , हुर्काइयोअब यो भन्दा कति सन्तुष्ट हुनु?”